काठमाडौँ — कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिज आजदेखि सुरु हुँदैछ । आइसिसी विश्वकप लिग–२ को तयारी स्वरुप नेपालले आजबाट क्यानडासँग खेल खेल्न लागेको हो। रोहित पौडेलको कप्तानीमा रहेको नेपाल र क्यानडाबीचको खेल त्रिवि क्रिकेट मैदान किर्तिपुरमा अहिले बिहान ९ः१५ बजेबाट सुरु हुनेछ ।

नेपालका पूर्वप्रशिक्षक पुबुदु दसानायकेको प्रशिक्षणमा रहेको क्यानडा अनुभवी केही खेलाडीबिना नै नेपाल आएको छ । क्यानडाले पनि मार्चदेखि संयुक्त अरब इमिरेट्स (युएई) मा आइसिसी क्रिकेट विश्वकप लिग–२ को सुरुवात गर्दैछ । त्यसका लागि क्यानडा नेपाल आएको हो।


नेपालका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्यानडाविरुद्धको सिरिजमा केही युवा र नयाँ खेलाडीलाई अवसर दिएका छन्। क्यानडातर्फ पुबुदु दासानायके प्रशिक्षक छन्। पुबुदु पनि नेपालका पूर्वप्रशिक्षक हुन्। नेपालले दोस्रो खेल पर्सि शनिवार र तेस्रो तथा अन्तिम खेल आगामी सोमबार खेल्नेछ ।