साङ्केतिक तस्वीर
काठमाडौँ — एम्बुलेन्सको ठक्करबाट एक युवकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–९ सिनामङ्गलस्थित सडकमा मधेस प्रदेश ००१ प ११३४ नम्बरको एम्बुलेन्सको ठक्करबाट उदयपुर घर भएका ३५ वर्षीय दीपक राईको सोमबार बेलुकी मृत्यु भएको हो ।

काठमाडौँको सिनामङ्गलमा एम्बुलेन्सको ठक्करबाट गम्भीर घाइते भएका उनको काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उक्त घटनापछि एम्बुलेन्स चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।