फाइल तस्वीर


काठमाडौँ — मुलुकभरको आजको मौसम आंशिक बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मङ्गलबार बिहान देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेता पनि सामन्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ ।

मङ्गलबार राति पनि कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक—दुई स्थानमा हल्का हिमपातको हुनसक्ने सम्भावना रहेको छ ।

महाशाखाका अनुसार पहाडी भूभागको मौसम बदली, तराई केही भूभागमा हुस्सु कुहिरो लागे पनि अबको तीन दिनसम्म देशभर पानी पर्ने सम्भावना कम रहेको छ ।