काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आज देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै आज राति पनि देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरू साथै लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने भएकोले त्यसबाट हुन सक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध छ ।