फाइल तस्वीर
काठमाडौँ — नेपालको व्यापारघाटा झण्डै देशकै बजेटको हाराहारीमा रहने गरेको छ । वस्तु आयात प्रतिस्थापन र निर्यातमूलक वस्तुको उत्पादन नहुँदा देशको व्यापारघाटा चुलिंदै गएको हो ।

भन्सार विभागका अनुसार निर्यातमूलक व्यापारिक सञ्जाललाई हेर्दा नेपालले विश्वका एक सय ५५ वटा देशहरुसँग व्यापार गरेको छ । तर यति हुँदाहुँदै पनि नेपालको व्यापारघाटा न्यूनीकरण हुन सकेको छैन । व्यापारघाटालाई हेर्दा देशको परनिर्भरता कहालीलाग्दो अवस्थामा रहेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालले विश्वका डेढ सयभन्दा धेरै मूलकसँग व्यापारिक सञ्जाल विस्तार गरेको देखिन्छ । तर नेपालको व्यापार नाफा जम्माजम्मी २७ वटा मुलुकहरुसँगमात्रै रहेको छ, त्यो पनि न्यूनरुपमा मात्र । भारतलगायत बाँकी सबै मुलुकहरुसँग नेपालले व्यापारघाटा व्यहोर्दै आएको छ ।

देशको सबैभन्दा ठूलो व्यापारघाटा दुई छिमेकी राष्ट्रहरुसँग रहेको छ । प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको छ महिनाको अवधिमा नेपालले भारतसँग चार खर्ब ७४ अर्ब ८९ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा नेपालबाट भारतमा जम्मा ५० अर्ब ४४ करोड रुपैयाँ बराबरको वस्तु निर्यात गरेको देखिन्छ ।

भारतसँग व्यापारघाटा हुनुमा पेट्रोलियम पदार्थको अत्यधिक आयात हुनु हो । त्यसपछि खाद्यानदेखि अन्य दैनिक उपभोग्य सामानहरु आयात हुनुले पनि भारतसँगको व्यापारघाटा बढेको छ ।

यसैगरी चालु आर्थिक वर्षको छ महिनाको अवधिमा उत्तरी छिमेकी देश चीनबाट एक खर्ब ४७ अर्ब ३९ करोड रुपैयाँको वस्तु आयात हुँदा नेपालबाट जम्मा एक खर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात भएको छ ।

नेपालको युक्रेनसँग १० अर्ब र युएईसँग १२ अर्ब रुपैयाँ व्यापारघाटा रहेको छ । मलेसियासँग साढे आठ अर्ब, इन्डोनेसिया, अर्जेन्टिना र अस्ट्रेलियासँग छ÷छ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरेको छ भने फ्रान्ससँग चार अर्ब, थाइल्यान्डसँग चार अर्ब, ओमानसँग साढे ३ अर्बभन्दा बढी, साउदी अ‍ेरिबियासँग ३ अर्ब, जापानसँग ३ अर्ब रुपैयाँ व्यापार घाटा छ ।

अर्बभन्दा धेरै व्यापार घाटा हुने देशहरुमा बेल्जियमसँग दुई अर्ब ६२ करोड रुपैयाँ, बङ्गलादेश, ब्राजिल र क्यानडासँगको व्यापारमा समान दुई÷दुई अर्ब रुपैयाँको व्यापारघाटा रहेको छ । नेपालले व्यापार घाटा व्यहोर्दै आएका अन्यदेशहरुमा रुस, दक्षिण अफ्रिका, ताइवान, न्यूजिल्याण्ड, ग्वाटेमाला, जर्मन, हङकङ, कोरियालगायतका देशहरुछन् ।

नेपाल व्यापारमा सबैभन्दा धेरै नाफा गरेको लात्भियासँग १ करोड ७६ लाख रुपैयाँ रहेको छ भने दोस्रोमा अफगानिस्तानसँगको व्यापार नाफा एक करोड रुपैयाँ छ । अन्य साना मुलुकहरुसँग पनि न्यूनतम रकमको व्यापार नाफा रहेको तथ्याङ्कले देखाएको छ । माल्टासँग ६६ लाख, आइसल्यान्डसँग ५६ लाख, क्रोएसियासँग ५३ लाख, मौरिसिनियासँग ४९ लाख, छाडसँग ४७ लाख, जर्जियासँग ३९ लाख, डोमिनिकासँग ३८ लाख, लाइबेरियासँग ३७ लाख, अरुबासँग २४ लाख, बर्मुडासँग ९ लाख, बाहामाससँग ५ लाख, बारबुडा र कोलम्बियासँग दुई÷दुई लाख रुपैयाँ नेपालको व्यापार नाफामा छ ।

यस्तै, किर्गिस्तानसँग ८ लाख ररुपैयाँले नाफामा रहेको विभागको तथ्याङ्कले देखाएको छ । यतारुपैयाँको नाफा हुँदा मालदिभ्ससँगको व्यापारमा २ करोड ३४ लाख रुपैयाँ नाफा छ । मौरिसस, न्यू क्यालोडोनिया, नर्वे, पानामा, सेक्लेस, सायरा लिओने, सुडान, अमेरिका र युरुग्वे नेपालका लागि व्यापारमा नाफा देखिएका मुलुक हुन् । विश्व व्यापारमा सञ्जाल फैलिएको