फाइल तस्वीर: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु

संयुक्त राज्य अमेरिका, बेलायत र युरोपेली सङ्घका आठ सयभन्दा बढी अधिकारीहरूले गाजा द्वन्द्वमा इजरायललाई आफ्नो सरकारको समर्थनको विरुद्ध असहमति व्यक्त गर्दै सार्वजनिक पत्र जारी गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

यस प्रयासलाई सङ्गठित पार्न वा समर्थन गर्ने वर्तमान र पूर्व अधिकारीहरूले बताएका छन्– यो जमघट “एट्लान्टिक पारका सहयोगी राष्ट्रहरूमा भएका युद्धमा आफ्ना सरकारहरूको नीतिको खुलेर आलोचना गर्न एकसाथ आयोजित पहिलो उदाहरण हो यसले न्यायको पक्षमा आफ्ना धारणा राख्छ ।’’


द न्यु योर्क टाइम्सले अधिकारीहरूले जारी गरेको आशय अनुसार आफ्ना सरकारहरूको वर्तमान नीतिले स्वतन्त्रता र नैतिक बललाई कमजोर पार्ने दल्लेख गरेको छ ।


“हाम्रा सरकारका नीतिहरूले अन्तरराष्ट्रिय मानवीय कानूनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्याउने सम्भावित जोखिम छ,’’ जारी पत्रमा भनिएको छ ।

प्रतिवेदनका अनुसार हस्ताक्षरकर्ताहरूमध्ये करिब ८० अमेरिकी एजेन्सीहरूसँग सम्बद्ध छन् । त्यसैगरी हस्ताक्षरकर्ताहरू मध्ये, सबैभन्दा बढी प्रतिनिधित्व गर्ने प्रशासकीय अधिकारयुक्त सामूहिक ईयु संस्थाहरू हुन् ।