बेलबारी — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले जनप्रतिनिधि आम नागरिकको सुख, दुःखमा साथ हुनुपर्ने बताउनुभएको छ । विराटनगर–६ मा आयोजित निःशुल्क स्वास्थ्य शिविर समापनका क्रममा उहाँले प्रत्येक नागरिकलाई हरेक सेवा सुविधा जनप्रतिनिधिले पु¥याउनुपर्ने बताउनुभएको हो ।

“नागरिकको स्वास्थ्य अवस्था कस्तो छ र त्यसमध्ये रोग देखिएकालाई अस्पतालसम्म पुर्याएर उपचार गराई स्वस्थ नागरिक बनाउने अभियान हो”, उहाँले भन्नुभयो । उहाँले प्रदेश सरकारले १० वर्षमुनिमा बालबालिकाको निःशुल्क उपचार र शैलजा आचार्य हृदयरोग केन्द्रमा उपचार सुरु गरिसकेको समेत उल्लेख गर्नुभयो । आर्थिक अभावमा यस प्रदेशका कुनै नागरिकलाई मृत्यु हुन नदिने उहाँले प्रतिबद्धता जनाउनुभएको छ ।

विराटनगमा देखिएको खानेपानीको समस्या समाधानका लागि पाँच अर्बको योजना सम्झौता भइसकेको र अब आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले सर्वसाधारणलाई निःशुल्क खानेपानी उपलव्ध गराउने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता जनाउनुभएको छ ।