काठमाडौँ — दरबारमार्गस्थित क्यासिनो प्यालेसबाट प्रहरीले एक करोड रकमसहित नौ जना पक्राउ गरेको छ । क्यासिनो प्यालेसबाट अनलाइनमार्फत सट्टेबाटी गराएको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीका अनुसार पक्राउ पर्नेहरूमध्ये ३ जना भारतीय र ६ जना नेपाली नागरिक रहेका छन् । आरोपीहरूको साथबाट करिब १ करोड बरामद गरेर अनुसन्धान भइरहेको छ । बरामद रकममध्ये धेरै विदेशी मुद्रा रहेको बताइएको छ ।