फाइल तस्वीर
काठमाडौँ — प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई जितका लागि एक सय ९९ रनको चुनौती दिएको छ । मूलपानी क्रिकेटमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय ९८ रनको योगफल बनायो ।

पुलिसका लागि शङ्कर रानाले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरीले ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३२ तथा आरिफ सेखले २६ रन जोडे ।

सुदूरपश्चिमका शेर मल्लले तीन विकेट लिए भने नारायण जोशी, विकाश अग्री र मिलन बोहोराले समान दुई दुई विकेट लिए । दीपक चन्दले एक विकेट लिए ।