आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आर्मी र सङ्कटाबीचको खेल ।

पोखरा — पोखरामा जारी ‘आहारारा पोखरा गोल्पकप’ अन्तर्गत आज भएको दोस्रो क्वाटरफाइलनमा डिफेण्डिङ च्याम्पियन सङ्कटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज आइतबार दिउँसो भएको खेलामा आर्मीले सङ्कटालाई ३–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो ।

पहिलो हाफमा १–० ले पछि परेको संकटा दोस्रो हाफमा थप २ गोल खाँदै आहारारा पोखरा गोल्डकपको २३ औँ संस्करणको क्वाटरफाइनलबाटै बाहिरिएको हो । आर्मीका लागि दिनेश हेन्जनले र जिलेस्पी जङ्ग कार्कीले एक एक गोल गरेका थिए । पहिलो हाफको अन्तिम समयमा कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाउन सफल भएका थिए ।

दोस्रो हाफको सुरुआती तेस्रो मिनेटमै आर्मीका लागि दिनेशले पेनाल्टीमार्फत अर्को गोल गर्दै दुई गोलको अग्रता दिलाए । दिनेशको प्रहारलाई क्लियर गर्ने क्रममा सङ्कटाका गोल रक्षक कुल्पि कार्कीले ह्याण्ड गरेपछि आर्मीले पेनाल्टी पाएको थियो ।

खेलको पूर्वाधको ७६ औँ मिनेटमा दिनेश पुनः आफ्नो टिमको लागि अर्को एक गोल थप्दै आर्मीलाई सेमिफाइनलको यात्रा बलियो बनाए । खेल अवधिभर सङ्कटाले पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा यस प्रतियोगिताबाट बाहिरिन पुगेको छ । आर्मीले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लब र चर्च ब्वाइजबीच हुने खेलको विजेतासँग प्रतिस्पर्धा गर्नुपर्ने छ ।