पोखरा — पोखरामा जारी आहारारा गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा थ्रीस्टार क्लबले पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै सेमिफाइनलम प्रवेश गरेको छ । पोखरामा जारी २३ औँ आहारारा गोल्डकपमा आज शनिबार पोखरा रङ्गशालामा भएको खेलमा भुटानलाई २—० गोलको अन्तरले हराउँदै सेमिफाइलन प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेको पारोले अन्तिम समयमा आफूलाई सम्हाल्न नसक्दा थ्री स्टारसँग पराजित हुनपुग्यो । आज भएको पहिलो क्वाटरफाइनल खेलबाट थ्रीस्टारलाई सेमिफाइनलमा पुर्याउन ११४ औँ र ११९ औँ मिनेटमा आशिष चापागाईंं दुई गोल गरे ।

थ्री स्टार फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी र जावलाखेल यूथ क्लबको विजेतासँग खेल्नेछ । भोलि आइतबार हुने दोस्रो क्वाटरफाइनलमा साविक विजेता सङ्कटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।