तालिम उद्घाटनको क्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्की ।

मोरङ — कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने बताउनुभएको छ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

मुख्यमन्त्री कार्कीले प्रविधि प्रयोगमार्फत् जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिन नयाँ प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन निर्देशन दिनुहुँदै मुख्यमन्त्री कार्कीले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्ने मुख्यमन्त्री कार्की भनाइ थियो ।

प्रदेशका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाका साथै प्रा.डा. हरिहर वस्तीले न्यायको शासनको जनतालाई अनुभूति गराउनुपर्ने आवश्यकता आँैल्याउँदै आपराधिक कार्यको अनुसन्धानमा वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकता औल्याउनुभएको थियो । उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।