फाइल तस्वीर
काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसको प्रभावस्वरुप अहिले देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका धेरैजसो भूभागहरुमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अन्ुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ । आज देशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाकोसमेत सम्भावना छ ।

त्यसैगरी कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानसहित देशका बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति पनि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदलीर्क अवस्था रहने र बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने अनुमान छ ।

भोलि शुक्रबार पनि देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा भोलि पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।