साङ्केतिक तस्वीर


पोखरा — पोखरा महानगरपालिका वडा नं.१८ चिसाखोला नजिक जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप दुर्घटनामा भएपछि एक जना व्यक्तिको मृत्यु हुनुका साथै दुई जना घाइते हुन् ।

जिप दुर्घटना बिहान सवा ९ बजेतिर भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दूध बोक्ने सिङ्गल क्याब बोलेरो नियन्त्रण गुमाई सडकको दायाँतर्फ २० फिट तल खस्दा पोखरा–१८, ग्यारजातीका ४९ वर्षीय कृष्णबहादुर थापाको निधन भएको हो । गम्भीर घाइते थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

जिप दुर्घटनामा परि घाइते हुनेहरुमा पोखरा–१८, ग्यारजातीका ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापाको रहेको बताइएको छ । उहाँहरुको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाको छ । हिमकलाको टाउको र चन्दकलाको ढाडमा चोट लागेको छ । दुर्घटना हुनुको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।