काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका भूभागमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ ।

आज कोशी, गण्डकी र कर्णाली प्रदेशसहित देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति पनि देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना रहेको छ ।