फाइल तस्वीर


पोखरा — सत्तारुढ दल नेपाली काङग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधानअनुसार कुनै पनि पार्टीले निर्वाचनमा बहुमत ल्याउन नसक्ने बताउनुभएको छ । पोखरामा आज मङ्गलबार कास्की जिल्ला समितिको सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचनमा कुनैपनि पार्टीले बहुमत ल्याउन नसक्ने बताउनुभएको हो ।

संविधानत कुनै पनि पार्टीले बहुमत ल्याउन सक्ने अवस्था नरहेकाले गठबन्धनको विकल्प नरहेको उल्लेख गर्नुभयो । सभापति देउवाले उक्त सम्मेलनमा बोल्दै पार्टीलाई बलियो बनाए गठबन्धन गर्नै नपर्ने दावि गर्नुभयो । आगामी निर्वाचनमा पार्टीलाई गठबन्धन नै गर्न नपर्ने गरी जिताउने वातावरण तयार गर्न नेता कार्यकर्ताहरुलाई निर्देशनात्मक आग्रह गर्नुभयो ।

उक्त जिल्ला सम्मेलनमा केन्द्रीय सदस्य प्रदीप पौडेल, गुरु बराललगायतले गठबन्धनका कारण पार्टीका इमान्दार नेता कार्यकर्तालाई अन्याय भएको टिप्पणी गर्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्नुभएको थियो । देउवाले जित्नका लागि गठबन्धन गरेको जवाफ दिएका हुन् ।

सभापति देउवाले ‘नेपालको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन सक्दैन । बहुमत नआउने भएपछि गठबन्धन गर्नै पर्ने हुन्छ । गठबन्धन गरेर जाँदा समस्याहरु त आउँछन् नै । अब गठबन्धन नगरी पार्टीलाई जिताउने वातावरण बनाउनुस् । पार्टी बलियो भए त गठबन्धन नै गर्नुपर्दैन’ भन्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका काङ्ग्रेस सभापति देउवाले सत्तामा जानका लागि पनि गठबन्धन गर्नुपर्ने अवस्था रहेको भन्नुहुँदै ‘पहिले शेरबहादुरले बिगा¥यो, बिगा¥यो भने पछि लिएर आएपछि चाहिँ‘ सत्ता सबै हिसाबले आवश्यक छ । संसारभरि नै सत्ताका लागि मारामारी छ, चुनाव भइराखेको छ’ भन्नुभयो ।