भवन उद्घाटन गर्नुहुँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव ।


सप्तरी— जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको राजविराजस्थित कलेज भवनको उद्घाटन गर्नुभएको छ । पूर्वउपप्रधानमन्त्री एवम् जसपा नेपालका अध्यक्ष यादवले राजविराजस्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस प्राङ्गणमा नवनिर्मित इञ्जिनियरिङ कलेजको भवन उद्घाटन गर्नुभएको हो ।

विसं २०७४ को निर्वाचनमा यादव सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुँदा उहाँकै संसदीय कोषबाट उक्त भवन निर्माण भएको थियो । उक्त नवनिर्मित भवनभित्र चार वटा कक्षा कोठा, तीनवटा ल्याबसहित, पुस्तकालय, प्रशासन प्रमुख, रिसेप्सन, प्रतीक्षा कक्ष र शिक्षक कोठा रहेका छन् ।