फाइल तस्वीर
पोखरा — पोखरामा आजबाट सुरुभएको आहारारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई हराउँदै थ्री स्टार क्लब पहिलो जित दर्ता गरेको छ । पोखरा रंगशालामा भएको खेलमा थ्री स्टारले आयोजक सहारा क्लबलाई २–१ ले हराउँदै क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

थ्री स्टारलाई जिताउन योगेश गुरुङ र एञ्जल महर्जनले एक एक गोलको साझेदारी गरे भने सहारा क्लबका लागि आशिष गुरुङले सान्त्वना गोलस्वरुप १ गोल फर्काए । नकआउट प्रणालीमा खेलाएको खेलमा थ्रीस्टार क्लबले बाजी मार्दै उसले आफ्नो दोस्रो खेल शनिबार पाहुना टिम भुटानको पारो एफसीसँग खेल्ने छ ।