फाइल तस्वीर
बेइजिङ — चीनको मौसम विज्ञान प्राधिकरणले सोमबार देशका केही क्षेत्रमा भारी हिमपात हुन सक्ने भन्दै पहेंलो रङको चेतावनी सङ्केत जारी गरेको छ । सोमबार दिउँसोदेखि मङ्गलबार दिउँसोसम्म हुनान, जियाङ्सी, झेजियाङ, फुजियान र गुआङ्सीका केही भागमा हिमपात सहित आँधी आउने प्राधिकरणले जनाएको छ ।

यसै बीच राष्ट्रिय मौसम विज्ञान केन्द्रले २ सेन्टिमिटरदेखि ६ सेन्टिमिटरसम्म हिमपात हुने बताएको छ । साथै गुइझोउ, युनान र गुआङ्सीका भागहरूमा चिसो वर्षा हुने पनि अनुमान गरिएको छ ।

हिउँ पर्ने मौसममा पैदल यात्रु र चालकलाई थप सावधानी अपनाउन र सडक, रेलमार्ग, विद्युत र दूरसञ्चारमा सावधानी अपनाउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ । चीनसँग चारस्तरीय, रङ्ग–कोड गरिएको मौसम चेतावनी प्रणाली छ । रातोले सबैभन्दा गम्भीर मौसमलाई प्रतिनिधित्व गर्दछ भने सुन्तला, पहेंलो र निलोले क्रमशः कम खताराको प्रतिनिधित्व गर्छ ।