प्रतिकात्मक तस्वीर

कोलम्बो — श्रीलङ्काको दक्षिणी प्रान्त बेलियाटामा सोमबार बिहान भएको गोलीकाण्डमा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रवक्ता निहाल थाल्दुवालका अनुसार दक्षिणी द्रुतमार्गको बेलियाटा इन्टरचेन्ज नजिकै उक्त घटना भएको हो ।

चार जनाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रवक्ता थाल्दुवालले जनाकारी दिनुभयो । उक्त घटना लीबारी स्थानीय समय अनुसार बिहान ७ः४५ बजे भएको थियो । गाडीमा यात्रा गरिरहेको अज्ञात समूहले जीपमा रहेको अर्को समूहमा गोली चलाउँदा सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।


प्रहरीले सो गोली प्रहार सङ्गठित आपराधिक समूहले गरेको हुन सक्ने आशङ्का गरेको छ । श्रीलङ्काले डिसेम्बर १७ देखि लागुऔषध ओसारपसार र सङ्गठित आपराधिक गतिविधिलाई रोक्नको लागि अभियान विशेष सुरु गरेको छ । सो अभियानमा गत हप्तासम्म ४० हजार भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ । रासस