काठमाडौँ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यस पटक सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका विवरण पारित गरी स्वीकृतिको लागि बीमा प्राधिकरणसमक्ष पठाउने निर्णय गरेको हो ।

यसअघि आर्थिक वर्ष २०७८/७९ मा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश प्रदान गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यो पटक भने आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।