कुन्मिङ — चीनको दक्षिणपश्चिमी युनान प्रान्तमा सोमबार बिहान गएको पहिरोमा परी ४७ जनाको मृत्यु भएको छ । आज सोमबार बिहान ५ः५१ बजे झाओटोङ शहरको लियाङसुई गाउँमा गएको पहिरोमा बेपत्ताको खोजी गर्न ३३ वटा दमकल र १० लोडिङ मेसिनसहित २ सयभन्दा बढी उद्धारकर्ता परिचालन गरिएको छ ।


यसैबीच राष्ट्रपति सी चिनफिङले सो प्राकृतिक विपत्तिमा परेकाहरूको उद्धारकार्यलाई तीव्रता दिन आग्रह गर्नु भएको छ । यस बारे विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।