साङ्केतिक तस्वीर


कावुल — अफगानिस्तानमा दुर्घटनामा परेको एयर एम्बुलेन्समा सवार छ जना यात्रुमध्ये चार जनालाई जीवितै उद्धार गरिएको समाचार प्राप्त भएको समाचारमा जनाइएअनुसार चार जनालाई जीवितै उद्धार गरिएको र हराइ रहेका दुई जनाको अवस्था अज्ञात रहेको र उनीहरुको खोजीकार्य जारी रहेको समाचारमा जनाइएको छ ।

डेसल्ट फाल्कन (डिएफ–१०) विमान अफगानिस्तानको बदाक्षन प्रान्तको कुफ–अब जिल्लामा दुर्घटना भएको थियो । एयर एम्बुलेन्सको रुपमा प्रयोग गरिएको उक्त विमान थाइल्याण्डबाट मस्को जाँदै थियो ।

इन्धन भर्नका लागि भारतको गया विमानस्थलमा रोकिएर उडेको उक्त विमान शनिबार राति ७ बजेतिर अफगानिस्तानको आकाशमा पुगेर राडारबाट सम्पर्कविच्छेद भएको समाचारमा उल्लेख छ ।

त्यसपछि खोजी गर्दै जाँदा उक्त विमान अफगानिस्तानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । उक्त विमानमा चार जना यात्रु र दुई जना क्रु–मेम्बरसहित कूल ६ जना थिए । चार जनाको जीवितै उद्धार गरिएको र बाँकी दुई जनाको अवस्थाका अज्ञात नै छ ।

अफगानिस्तानको नागरिक उड्डयन तथा यातायात मन्त्रालयले सामाजिक सञ्जाल एक्समा दुर्घटनास्थलको भिडियो पोष्ट गरेर पाइलटसहित चार जनालाई जीवितै उद्धार गरिएको जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गरी दिएको जानकारी अनुसार उक्त विमान अफगानिस्तानको हवाई क्षेत्रभित्र थिएन । तर प्राविधिक समस्याका कारण त्यसले आफ्नो बाटो बदलेको थियो । यसबारे थप अनुसन्धान भइरहेको अफगानिस्तान सरकारले जनाएको छ ।