फाइल तस्वीर


काठमाडौँ — साताको पहिलो दिन आज नेपाली सुन बजारमा सुनको भाउ वृद्धि भएको छ । शुक्रबार कारोवार भएको भन्दा छापावाल सुनमा प्रतितोला चार सय रुपैयाँले वृद्धिभएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको हो ।

तीन दिन अघि शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोवार भएकोमा आज आईतबार बजार खुल्ता प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँ मूल्य निर्धारण हुँदा तेजावी सुनको मूल्य प्रतितोला एक लाख १७ हजार आठ सय ५० रुपैयाँ तोकिएकोे महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्यमा प्रतितोला पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार तीन सय ९० रुपैयाँमा कारोवार भएको महासङ्घले उल्लेख गरेको छ ।