फाइल तस्वीर


काठमाडौँ — नेपाल विद्युत प्राधिकरणले भूमिगत विद्युतीय लाइनको काम गर्नेभन्दै काठमाडौँको विभिन्न ठाउँ एक साता विद्युत आपूर्ति हुन नसक्ने सूचना जारी गरेको छ । आज आईतबारदेखि लागूहुनेगरी विभिन्न स्थानमा सात दिन विद्युत् सेवा आपूर्ति नहुने जनाएको हो ।

नेपाल विद्युत् प्राधिकरण, महाराजगन्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने जनाइएको छ ।

आज माघ ७ गते आइतबारदेखि महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, माघ ८ गते चपली घुम्ती चोकदेखि बुढानीलकण्ठसम्मको क्षेत्र, माघ ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र माघ १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।

माघ ११ गते चपली भङ्गाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र, माघ१२ गते गोल्फु टारदेखि ह्याम्स हस्पिटलसम्म र माघ १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुने प्राधिकरणद्वारा जारी सूचनामा जनाइएको छ ।