फाइल तस्वीर

काठमाडौँ — साताको पाँचौ दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्यमा केही गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी तेजाबी सुन एक लाख १६ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार छापावाल सुन एक लाख १८ हजार २ सय रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।