फाइल तस्वीरः रास्वपाका सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन एमडी रवि लामिछाने ।


काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति एवम् गोरखा मिडिया नेटवर्कका तात्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने र सोही नेटवकका अध्यक्ष जिबी राईविरुद्ध सहकारी विभागमा ठगीप्रकरणमा उजुरी दर्ता भएको छ । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति लामिछाने र अध्यक्ष राईको संलग्नता रहेकोले उनीहरुविरुद्ध आवश्यक छानविन र कारवाहीको माग गर्दै नेपाली नागरिकका तर्फबाट युवराज सफलले उजुरी दर्ता गराएका हुन् ।

‘सहकारी ऐनभन्दा बाहिर गई कारोबार गरी सहकारी सम्बन्धी कसुरमा संलग्न उल्लेखित सहकारीका पदाधिकारी, सञ्चालक र गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन ग्यालेक्सी टिभीका सञ्चालक र गोरखा मिडिया नेटवर्कका एमडी रवि लामिछानेलाई कानुन बमोजिम हदैसम्मको कारबाही गर्न यो निवेदन पेस गरेको छु’, निवेदकको माग छ ।

निवेदकले उजुरीमा सहकारीबाट कर्जा लिँदा दिँदा गरिएका कर्जा सम्झौता कागज, कर्जा प्रवाह गर्दा गरिएका सहकारीको निर्णय कर्जा लिनेबारे कम्पनीले गरेको निर्णयको प्रतिलिपि वा सक्कल कागज नै झिकाई आवश्यक अनुसन्धान गर्न समेत सहकारी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

उजुरीकर्ता युवराजले आफ्नो निवेदनमा भनेका छन् —‘निजहरूले कुनै लिखित सम्झौता बिना कर्जा लिने दिने कार्य गरेका रहेछन् भने पनि संगठित अपराध, जालसाजी ,षड्यन्त्र गरी सहकारीको पैसा लगी हिनामिना गरेको हुँदा यस सम्बन्धी आवश्यक अनुसन्धान गर्नको लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीमा पत्राचार गर्नुहुन पनि रजिष्ट्रार ज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।’

404898185_805521801410066_4720971770274490074_n
404606724_352546040894260_313977267370757901_n