फाइल तस्वीर

काठमाडौँ — साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार दुई सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज तेजाबी सुन एक लाख १७ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार छापावाल सुन एक लाख १९ हजार ४ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।