फाइल तस्वीर

काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै आज तेजाबी सुन तोलामा एक लाख १८ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन हिजो सोमबार छापावाल सुन एक लाख १९ हजार ५ सुय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।