फाइल तस्वीर


कोलम्बो — श्रीलङ्कामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगी सङ्क्रमित बिरामीहरु फेला परेका छन् । राष्ट्रिय डेंगी नियन्त्रण एकाइले मङ्गलबार जनाए अनुसार जनवरीको पहिलो आधामा पाँच हजार आठ सय २९ जनामा सङ्क्रमण देखिएको उल्लेख छ ।

पश्चिमी प्रान्तमा सबैभन्दा बढी एक हजार नौं सय ५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा एक हजार तीन सय ९० मामिलाहरू छन् ।

गत वर्ष, श्रीलङ्कामा ८८ हजार ३९८ डेंगीका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो । जनवरीको शुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगी रोकथाम सप्ताह घोषणा गरेको थियो ।