फाइल तस्वीर


काठमाडौँ — पेट्रोलियम पदार्थको विक्री गर्ने सरकारी स्वामित्वको एकाधिकार संस्थान नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गए रातिदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

निगमले जारी गरेको सूचना अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको छ । निगम सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले मूल्य समायोजन गरेको निगमले जनाएको छ ।