फाइल तस्वीर: नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछाने ।


काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलाई निलम्बन गरेको छ । बलात्कार आरोपमा काठमाडौं जिल्ला अदालतले दोषी ठहर गर्दै सन्दीपलाई आठ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो ।

सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ । सन्दीपलाई हिजो जिल्ला अदालत काठमाडौंले जवरजस्ती करणीको अभियोगमा आठ वर्षको जेल सजाय हुने निर्णय गरेको थियो ।

क्यानले आज बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई जबरजस्ती करणीको मुद्दामा कसुर कायम गरी सजाय निर्धारण गिरएको र सम्मानित अदालतके आदेश अनुसार फौजदारी मुद्दामा दोषी ठहर भइ सजाय निर्धारण समेत भएकाले निज सन्दीप लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै प्रकारका क्रिकेट खेल गतिविधिबाट निलम्बन गरिएको जानकारी गराउँदछौं ।’

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछाने विरुद्ध २१ भदौ २०७९ मा बलात्कारको उजुरी परेको थियो । भदौ ५ गते सन्दीप र गौशाला २६ की युवतीलाई नगरकोट लगेको र राति फर्केर पिङ्गलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको आरोपमा अदालतले सन्दीलाई दोषी ठहर गरेको हो ।