फाइल तस्वीर

काठमाडौँ — साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा दुई सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी आज तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार हिजो सोमबार छापावाल सुन एक लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाली बजारमा आज चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।