मधेश प्रदेशमा मनोनयन दर्ता गराएका गठबन्धनका उम्मेदवार ।


जनकपुरधाम – मधेश प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि सत्तागठबन्धनबाट दुई जनाले मनोनयन दर्ता गराउनुभएको छ । आज उम्मेदवारी दर्ता गराउनुभएका गठबन्धन दल नेपाली काङ्ग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराउनुभएको हो ।

राष्ट्रियसभाका लागि मधेश प्रदेशबाट दुई सिटमा निर्वाचन हुँदैछ । काङ्ग्रेस केन्द्रीय सदस्य ढुङ्गाना संस्थापन पक्षका हुनुहुन्छ । उहाँ गत प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार पनि हुनुहुन्थ्यो । काङ्ग्रेसले उहाँको नाम समानुपातिक उम्मेदवारबाट झिकेर राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार बनाएको हो ।