तस्वीरमा उम्मेदवारी दिन पुगेका गठबन्धनका उम्मेदवार ।


पोखरा — गण्डकी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनबाट नेपाली काङ्ग्रेसबाट दुई जना र माओवादी केन्द्रबाट एक जना गरी तीनै जनाले उम्मेदावरी दर्ता गराउनुभएको हो ।

नेकपा माओवादीबाट महिलातर्फ पर्वतकी मनरूपा शर्मा सुवेदी, काङग्रेसबाट अपाङ्गताबाट तनहुँका पदम परियार र अन्यबाट गोरखाका किरणबाबु श्रेष्ठले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

गण्डकीमा सत्ता गठबन्धनका उम्मेदवारको पक्षमा बढी मतभार भएकाले उहाँहरुको जित निश्चित प्राय छ । सत्ता गठबन्धन दलबाट गण्डकीमा काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गण्डकीमा उपस्थिति छ । यी सबै दल गठबन्धनमा आवद्ध छन् ।