फाइल तस्वीर


बीरेन्द्रनगर — कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सत्तागठबन्धनका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराउनुभएको छ । सुर्खेतस्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर गठबन्धनका उम्मेदवारहरुले एकै समयमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि तीन सिटमा निर्वाचन हुँदैछ । कर्णालीको रिक्त तीन स्थानमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीले उम्मेदवार उठाएका छन् । भागबण्डा अनुसार क्लष्टरको आधारमा महिला कोटातर्फ एकीकृत समाजवादीकी सावित्री मल्ल (दैलेख), दलित कोटामा माओवादीका विष्णु विक ‘विकल्प’ (कालिकोट) र अन्यतर्फ काङ्ग्रेसका कृष्ण रोकाया उम्मेदवार बन्नुभएको छ ।