फाइल तस्वीरः काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौला ।


विराटनगर — सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नेता सिटौलाले अहिले बिहान कोशी प्रदेशबाट निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

कोशी प्रदेशको राजधानी विराटनगर पुगेर उम्मेदवारी दिनुभएका सिटौलाको प्रस्तावकमा प्रदिप सुनुवार र समर्थक हिमाल कार्की रहनुभएको छ ।

गत प्रतिनिधिसभा निर्वाचनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसँग पराजित हुनुभएका सिटौला कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि काङ्ग्रेसबाट प्रत्यासी बन्नुभएको हो ।

सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रियसभा सदस्यमा काङ्ग्ेस र माओवादी केन्द्रले भागबण्डा मिलाएका हुन् । नेकपा माओवादी केन्द्रबाट चम्पा कार्कीले पनि आजै आफ्नो उम्मेदवारी गर्दा गराउनुभएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने कोशी प्रदेशमा रुक्मिणी चौधरी र परशुराम अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उहाँहरु पनि उम्मेदवारी दर्ताका लागि तयारीमा रहनुभएको छ ।