फाइल तस्वीर
काठमाडौँ — साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुन,चाँदी दुबैको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन एक लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । त्यस्तै, आज चाँदीँको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।