फाइल तस्वीर
काठमाडौँ — आज आइतबार मुलुकभरको मौसममा आंशिकको हुनेछ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले मुलुकभरको मौसममा आंशिक प्रभाव परेको हो ।

यहिले बिहान कोशी र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । तराईका केही स्थानमा बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली हुनेछ भने कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानाुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो बाँकी प्रदेशमा भने मौसम सामान्यताया सफा रहने छ । आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । देशका विभिन्न भूभागमा मौसम बदली भएपनि वर्षाको सम्भावना नरहेको महाशाखाको मौसम बुलेटिनमा उल्लेख छ ।