फाइल तस्वीर


याङ्गुन — म्यानमारको राज्य प्रशासन परिषद्ले नौ हजारभन्दा बढी कैदीलाई माफी दिएको छ । म्यानमारले आफ्नो देशको स्वतन्त्रता दिवसको ७६ औँ वर्षगाँठको अवसरमा आज बिहीबार नौ हजार ६५२ र अन्य मुलुकका ११४ जना कैदीलाई बाँकी कैद माफी दिएको हो ।

राज्य प्रशासन परिषद्ले मानवीय तथा शान्तिको अधिकार प्रत्याभूत गर्न बनेको म्यान्माको कानूनको प्रावधान बमोजिम सजाय मिनाहा गरिएको जनाएको छ ।

गत वर्ष देशको स्वतन्त्रता दिवसको ७५ औँ वर्षगाँठका अवसरमा पनि सात हजार १२ जना कैदीलाई आममाफी दिइएको थियो । सन् २०२३ अगष्ट १ मा म्यान्माको दोस्रो वासो चन्द्र महिनाको पूर्णिमाका दिन पर्ने बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्व धम्मकाक्का दिवसको उपलक्ष्यमा सात हजारभन्दा बढी कैदीबन्दीलाई आममाफी दिइएको हो ।