फाइल तस्वीर


काठमाडौं — देशको आजको मौसममा सामान्य बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशको पहाडी भू–भागमा आज पनि मौसम आंशिक रुपमा बदली हुनेछ ।

विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा बिहानदेखि आंशिक बदली हुुनुको साथै अन्य भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि आईतबार र पर्सी सोमबार पनि देशका हिमाली क्षेत्रसहित उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।