किएभ — युरोपेली सङ्घ र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नाटोसँगको युक्रेनकोसम्बन्ध आगामी बर्ष युक्रेनी संसद्को प्राथमिकतामा हुने इन्टरफ्याक्स–युक्रेनी समाचार एजेन्सीले रिपोर्ट गरेको छ । युरोपेली संसद्का सभामुख रुस्लान स्टेफानचुकलाई उद्धृत गर्दै युक्रेनी संस्थाले यस्तो खुलासा गरेको हो ।

आगामी मार्चसम्म युक्रेनी संसद्ले कानूनलाई युरोपेली सङ्घका कानूनसँग मिलान गर्न विधायी ढाँचामा काम गर्ने योजना बनाएको स्टेफानचुकले बताउनुभएको हो । उहाँका अनुसार विधायिकाको ढाँचामा ३५ खण्ड समावेश छन् । जुन युरोपेली सङ्घ एकीकरण तथा संसद्को लागि मार्गदर्शक बन्ने आशा ब्यक्त गरिएको छ ।

“संसद्ले युक्रेनी सेनालाई नाटो मापदण्डको नजिक ल्याउने उद्देश्यले कानूनको अवलम्बनमा ध्यान दिनेछ,” स्टेफानचुकले भन्नुभयो । सन् २०२४ का लागि परिचालन प्रक्रिया तथा रुस–युक्रेन द्वन्द्वमा सहभागी सैन्य कर्मचारीसँग सम्बन्धित कानूनहरूमा काम गर्नु संसद्को प्राथमिकतामा रहेको छ ।

प्रधानमन्त्री डेनिस श्माइयालका अनुसार डिसेम्बर १४ मा युरेपेली सङ्घका नेताहरू युक्रेनसँग सदस्यता वार्ता गर्न सहमत भएका छन् । पूर्वी युरोपेली देशले सदस्यताको बाटोमा दुई हजार सात सय ३९ कानुनी कार्यहरू कार्यान्वयन गर्न आवश्यक छ ।