आसाम — आसामको नागाउँ जिल्लाको बटाद्रावासको बजारमा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगलागी प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो । आगलागीले धेरै जसो पसल तथा व्यापारीक प्रतिष्ठानमा क्षति पुगेको जनाइएको छ । घटनामा मानवीय क्षति नभएको बताउदै आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।