संयुक्त राष्ट्रसङ्घ — संयुक्त राष्ट्रसङ्घीय महासभाले आगामी वर्षको लागि संयुक्त राष्ट्रसङ्घको ३.५९ अर्ब अमेरिकी डलरको वार्षिक नियमित बजेट स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को बजेट २०२३ को भन्दा बढि हो । सन् २०२३ को बजेट लगभग ३.४ अर्ब डलर थियो ।

नियमित बजेटले राजनितिक मामिला अन्तर्राष्ट्रिय न्याय, क्षेत्रीय सहयोग तथा मानव अधिकार ,सार्वजनिक सूचना लगायतका गतिविधिहरु समेट्छ । संयुक्त राष्ट्रसङ्घमा छुट्टै शान्ति स्थापना बजेट रहन्छ जसको वित्तीय चक्र जुन ३० मा समाप्त हुन्छ । यसैगरी नियमित बजेटले हरेक क्यालेण्डर वर्षलाई समेट्छ । एजेन्सी