सियोल — सियोलस्थित २७ तले अपार्टमेन्ट भवनको तेस्रो तल्लामा आज सोमबार भएको आगलागीमा दुई जनाको मृत्यु हुनका साथै २९ जना घाइते भएका छन् । स्थानीय समय अनुसार बिहान ४ः५७ बजे शुरू भएको आगलागीमा परी घाइते भएका ३० बर्षीय दुई पुरूष र एक ७० बर्षीय महिलालाई अस्पताल लगिएको थियो भने उनीहरूमध्ये दुई जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय समाचार माध्यम योनहाप समाचार एजेन्सीले जनाए अनुसार आगलागीबाट निस्किएको धुुवाँका कारण श्वासप्रश्वासका लागि अक्सिजन कमी भई अर्धचेत अवस्थामा उद्धार गरिएका २८ जनामध्ये २० जनालाई उपचारको लागि अस्पताल भर्ना गरिएको छ भने आठ जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

करिब दूई सयभन्दा बढी कर्मचारी तथा ५७ वटा दमकलको सहयोगमा तीन घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीको कारणबारे प्रहरी अनुसन्धान शुरू भइसकेको छ ।