पोखरा — वि.सं. २०६२/०६३ को जनआन्दोलनका क्रममा तोडफोड गरिएको राजा वीरेन्द्रको सालिक पोखराको वीरेन्द्र चोकमा मध्यराति पुनः ठड्याइएको छ । सालिक पुनःस्थापना समितिले राति पौने २ बजेतिर ८ फिट अग्लो सालिक ठड्याइएको हो ।

पोखरा–१०, रामबजारको चोकमा २०६९ सालमा राजा वीरेन्द्रको सालिक स्थापना गरी चोकलाई नै वीरेन्द्रचोक नामकरण गरिएको थियो । सालिक ठड्याउने अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थित नेता÷कार्यकर्ताको हात रहेको स्रोतले बताएको छ ।
राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीका अनुसार करिब २५ लाख लागतमा सालिक पुनःनिर्माण गरिएको हो । तत्कालीन राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता क्षेत्रबहादुर केसीको नेतृत्वमा २०५९ सालमा सालिक स्थापना गरिएको थियो।
त्यतिबलै सालिक पुनःस्थानपनाको लागि समिति गठन भएको थियो । तर समितिले काम गर्न सकेको थिएन । राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले समिति धेरै पटक पुनर्गठन भए पनि अहिले मात्र सम्भव भएको बताउनुभयो ।