फाइल तस्वीर

काठमाडौँ — साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १९ हजार नौ सय रुपैयाँमा कारोबार भएरहेको छ ।

यसैगरी नेपाली बजारमा आज तेजाबी सुनको मूल्य एक लाख १९ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । महासङ्घका अनुसार हिजो आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।