कोलम्बो — श्रीलङ्कामा ६ दिनमा १० हजारभन्दा बढी अपराधी पक्राउ परेका छन् । श्रीलङ्काको प्रहरीले हालै शुरु गरेको विशेष कारबाहीका क्रममा लागुऔषध सम्बन्धी अपराध र अन्य विभिन्न आपराधिक गतिविधिमा संलग्न १० हजारभन्दा बढी संदिग्धहरूलाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसार तथा सङ्गठित आपराधिक गतिविधि नियन्त्रण गर्न डिसेम्बर १७ गतेबाट शुरु गरिएको विशेष अभियानमा उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार पक्राउ परेका १० हजार ४ सय ५६ जना मध्ये ५ सय १७ जनालाई थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ । प्रहरीले हेरोइनसहित अन्य लागुऔषध कारोबार अपराधमा प्रयोग गरिएका सवारीसाधन समेत बरामद गरेको छ ।
यसै बीच श्रीलङ्काका सार्वजनिक सुरक्षा मन्त्री तिरन एलेसले सरकारले जस्तोसुकै कठिन परिस्थितिमा पनि अवैध गतिविधिका विरुद्ध कारबाही जारी राख्ने बताउनु भएको छ ।