फाइल तस्वीर
काठमाडौँ – साताको छैटौं दिन आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलाको १ लाख १९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन तोलाको १ लाख १९ हजार २ सय ५० मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो बिहीबार छापावाल सुन १ लाख १९ हजार र तेजावी सुन १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदी पाँच रूपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।