काठमाडौँ — हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ भने तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।

आज दिउँसो देशभर आंशिक बदली देखि सामान्यतया मौसम सफा रहनेछ ।
देशभरको तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।